राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य


११ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा. रत्नमणि गजुरेलले जानकारी दिए ।

चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस