नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट


११ असार २०८०, सोमबार


काठमाडौँ । नेपाल रिपब्लिक मिडियाको आईपीओ आज बाँडफाँट भएको छ ।

उक्त आइपीओका लागी दिइएको आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ जनाले गोल प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये १ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।

यो आईपीओका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकले आवेदन दिएकामा ७१ हजार १९८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्याटिलले जानकारी गराएको छ । बाँडफाँट कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेका थिए ।

कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

जसको ४४.९९२२५ अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेको थियो ।

यस्तै, ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस