भारतीय प्रधानमन्त्री मोदी इजिप्टको सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मानित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय प्रधानमन्त्री मोदी इजिप्टको सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मानित


११ असार २०८०, सोमबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ ।

प्रधानमन्त्री मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल–सिसीले सम्मान प्रदान गरेका हुन् ।

सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ ‘अर्डर अफ द नाइल’ स्वीकार गर्दछु । म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु । यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो । यसले स्नेह देखाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस