आज यी प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


११ असार २०८०, सोमबार


काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर सामान्य बदली रहनेछ।

आज कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस