बोर्डद्वारा दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बोर्डद्वारा दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति


१० असार २०८०, आइतबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

मनकामना इन्जिनियरिङले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार ५ गते अनुमति पाएको हो । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो ।

अनुमति पाएसँगै कम्पनीले अङ्कित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्ने छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस