शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव


१० असार २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन गर्दै उनले अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने र यसले मुलुकको विकास नहुने बताए ।

उनले अहिलेको शासकीय स्वरूपका कारण बिहान उठ्दा कोही सांसद हरायो कि भन्ने, समर्थन फिर्ता लिने हो कि, सरकार ढल्ने हो कि भन्ने अवस्था रहेको बताए ।

उनले अहिलेको जस्तो महँगो निर्वाचन प्रणालीले भ्रष्टाचार नबढाए के गर्छ ? भन्दै प्रश्न पनि गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताए ।

यादवले समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने यादवको भनाइ छ ।

उनले संविधान संशोधन र परिमार्जन गनुपर्ने बताए । तर, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिमार्जन नभए नयाँ संविधानको बन्न सक्ने समेत यादवको भनाइ छ ।

“शासकीय संशोधन परिमार्जन गर्न जरुरी छ । शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सुधार भएन । राज्यको सात प्रदेशको संरचनामा सुधार भएन र पहिचानलाई मान्यता दिएर त्यसका आधारमा अघि बढेन भने भविष्यमा नयाँ संविधान बनाउनुपर्ने आउन सक्छ,” यादवले भने, “यो संविधानले धान्न सक्दैन । तर, हामी चाहन्छौँ, नयाँ संविधान तुरुन्त नबनाऔँ । सुधार गरौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस