काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।
अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि आइतबार दिउँसो पशुपति पुगेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीमा राखिएको सुनको तौल लिने काम गरिरहेको छ । अहिले पशुपतिनाथको मुलगेटबाट सर्वसाधारणलाई प्रवेश दिइएको छैन।