विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट


१० असार २०८०, आइतबार


काठमाडौँ । विराटनगर महानगरले आर्थिक वर्ष २०८०-०८१ का लागि ३ अर्ब २८ करोडभन्दा बढीको बजेट ल्याएको छ।

महानगरपालिकाको १२ औँ अधिवेशनमा उप-प्रमुख शिल्पा निराला कार्कीले आइतबार आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी छन्।

स्रोत सुनिश्चितताको आधारमा आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा केही सानो ल्याइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ रु.१० करोड, अन्य सङ्घसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस