प्रतिनिधि सभा बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रतिनिधि सभा बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ


१० असार २०८०, आइतबार


काठमाडौँ ।प्रतिनिधिसभाको बैठकमा सांसदले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार मन्त्रालयगत छलफल भइरहेको बैठकमा सांसदले पत्रिका पढेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन्।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिइरहँदा सभामुखले सांसदहरुलाई रुलिङ गरेका हुन्।

‘माननीय सदस्यहरू, म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन आग्रह गर्दछु,’ सभामुख घिमिरेले भने।

प्रतिनिधि सभाको नियमावलीमा ‘बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने’ उल्लेख छ।

सभामुखको रुलिङपछि मन्त्री श्रेष्ठले आफ्नो जवाफ कायम राखेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस