नेपाली क्रिकेट टिमलाई ओलीको हौसला : एउटा असफलता यात्राको अन्त्य होइन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपाली क्रिकेट टिमलाई ओलीको हौसला : एउटा असफलता यात्राको अन्त्य होइन


१० असार २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली क्रिकेट टिमलाई परिणाम सोचेजस्तो नभए पनि टिमको मेहनत कमजोर नभएको भन्दै हौसला दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई निराश नहुन आग्रह गर्दै एउटा असफलता यात्राको अन्त्य नभएको बताए । ओलीले नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले लेखेका छन्, यात्रा जारी छ ! हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शिशु । कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस