दाङमा चट्याङ लागेर दुई जना मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दाङमा चट्याङ लागेर दुई जना मृत्यु


९ असार २०८०, शनिबार


काठमाडौँ । दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । 

शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक वीर बहादुर वलीले जानकारी दिए। 

वलीका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस