प्रदेश सभा सांसद खड्का चढेको गाडी दुर्घटना, ९ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश सभा सांसद खड्का चढेको गाडी दुर्घटना, ९ जना घाइते


९ असार २०८०, शनिबार


काठमाडौँ । रुकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका–३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डिएसपी) नमराज भट्टराईले बताए ।

कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ९ जना सवार रहेको (डिएसपी) भट्टराईले बताए ।

गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।

घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस