मिटरब्याजी रमानन्दको घर विप्लव समूहको कब्जामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मिटरब्याजी रमानन्दको घर विप्लव समूहको कब्जामा


९ असार २०८०, शनिबार


काठमाडौँ । विप्लव निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ ।

मिटरब्याजी पीडितहरूको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको जनाएको छ ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरूलाई न्यूनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौँ रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दाबी छ ।

बानियाँले झण्डै ७६ जना किसानहरूलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।

भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोत्तमा नगरपालिका आसपासमा दर्जनौँ किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौँ असुलेको पीडितहरूले बताएका छन् ।

बानियाले नक्कली कागज तयार पारेर ऋणीहरूलाई ल्याप्चे लगाई अकुत ब्याज लिएको दाबी गरिएको छ ।

भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका तथ्यहरू रहेको पीडितले बताएका छन् ।

बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौँ किसानलाई उठिबास लगाएका छन्,कैयौँले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका दाबी गरिएको छ ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस