प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो, अब समृद्धि ल्याउँछौँ : मन्त्री किराँती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो, अब समृद्धि ल्याउँछौँ : मन्त्री किराँती


९ असार २०८०, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष भएको र शान्ति स्थापना भएको उल्लेख गरे । उनले भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।

“अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना छ,” मन्त्री किराँतीले भने, “हाम्रो भूगोल सानो छ । उत्तर–दक्षिणतर्फ हाम्रा ठूला देशहरू छन् । तर, संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्छ । साहित्य–संस्कृतिमा तपाईँहरूले योगदान गरिदिनुहोस्, अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस