ताप्लेजुङ पहिरो : बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ताप्लेजुङ पहिरो : बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार


९ असार २०८०, शनिबार


ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् ।

बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस