काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगरभित्र रहेका संस्थागत विद्यालयलाई कानुनले निर्देशन गरेअनुसारको छात्रवृत्ति वितरण गर्न र त्यसको विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सबै ४८ वटा संस्थागत विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण असार २० गतेसम्ममा पेस गर्न निर्देशन दिएको हो।
हेटौँडाका संस्थागत विद्यालयले विद्यार्थीले कानुनले तोकेअनुसारको छात्रवृत्ति नपाएको भन्ने गुनासो आएपछि कानुनअनुसार छात्रवृत्ति उपलब्ध गराई विद्यार्थीको विवरण बुझाउन निर्देशन दिएको उपमहानगरले जनाएको छ ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको तथ्याङ्क पेस गर्न भनिएको हो ।
हेटौँडामा ४८ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।