गैरसरकारी संस्थालाई विद्युत् प्रसारण लाइन बनाउन दिनु हुँदैन : कुलमान घिसिङ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैरसरकारी संस्थालाई विद्युत् प्रसारण लाइन बनाउन दिनु हुँदैन : कुलमान घिसिङ


७ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काठमाडौँमा विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताए । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए ।

भूमिगत गर्ने काम निकै अप्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने उनले बताए । तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अप्ठ्यारो व्यहोर्नुपर्ने उनको भनाइ छ ।

प्रबन्ध निर्देशक घिसिङले एनजिओ आईएनजीओहरुलाई विद्युत् प्रसारण लाइन बनाउन दिनु नहुने बताए । त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरुलाई ध्यानाकर्षण गराए ।

उनले देशभरको विद्युत्का पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस