माओवादीले पठायो केन्द्रीय समिति बैठकअघि ५ बुँदे सर्कुलर « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

माओवादीले पठायो केन्द्रीय समिति बैठकअघि ५ बुँदे सर्कुलर


७ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ ।

बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको सर्कुलर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा पठाइएको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बोलाइएको छ । केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

माओवादीका एक नेताका अनुसार पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस