सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


७ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार भने प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन पनि तोलामा ५ सयले नै घटेर प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस