रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


७ असार २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । बैठक बिहीबार बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको चियापानको तयारीबारे छलफल हुने छ । बैठक लगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्ने  प्रवक्ता ढकालले जानकारी दिए ।

रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । 

उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस