बजेट नसच्याए सरकार भत्काउने एकीकृत समाजवादीको चेतावनी « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बजेट नसच्याए सरकार भत्काउने एकीकृत समाजवादीको चेतावनी


६ असार २०८०, बुधबार


काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा रोष प्रकट गरेका छन् । आज अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका हुन् । 

पार्टी उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले अध्यक्षलाई बजेटका पक्षमा भोट नहाल्ने जानकारी गराएको बताए । 

“अध्यक्षलाई बजेटको असन्तुलन समाधन नभएसम्म भोट हाल्दैनौँ भनेका छौँ,” उनले  भने, “भोट हाल्नुको कुनै अर्थ छैन । दुई-चार वटा निर्वाचन क्षेत्र, तीन-चार जिल्लामा बजेट हाल्ने सरकारको अर्थ पनि छैन ।”

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् । 

“हामी आफैँले बनाएको पार्टी भत्काएर आएकाहरूले सरकार भत्काउन कुन ठूलो कुरा हो र रु हामीले बोलेको मात्रै नठानियोस्,” सांसदहरूको चेतावनी छ । 

सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष नेपालले संसदीय दलको बैठक आह्वान गरेका छन् । आज पनि छलफल भएको र बैठक भोलि दिउँसो २ बजे बस्ने पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस