कर्मचारीको नवीन सोच प्रतिभा डबलीमा छानिए उत्कृष्ट ३  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीको नवीन सोच प्रतिभा डबलीमा छानिए उत्कृष्ट ३ 


५ असार २०८०, मंगलबार


काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित कर्मचारीको नवीन सोच प्रस्तुति अन्तर्गत प्रतिभा डबलीमा छानिएका १० मध्ये ३ जना उत्कृष्ट प्रतिभा छानिएका छन् ।

उत्कृष्ट १० जनाले दिएको अन्तिम प्रस्तुतिका आधारमा उत्कृष्ट ३ छानिएका हुन् । 

जसअनुसार स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा थ्रिडी मोडलको प्रस्ताव गर्ने मोहराज पौडेल प्रथम, डिजिटल प्रविधिबाट स्थान पत्ता लगाउने इनोभोसन प्रस्ताव गर्ने रामदत्त भट्ट द्वितीय र सरकारी सेवा ट्रयाकिङ प्रणालीमा इनोभोसन गर्न प्रस्ताव गर्ने रविचन्द्र पौडेल तृतीय बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस