समाजवादी मोर्चा बुढाहरूको क्लब हो : योगेश भट्टराई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समाजवादी मोर्चा बुढाहरूको क्लब हो : योगेश भट्टराई


५ असार २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब भएको टिप्पणी गरेका छन् ।

मङ्गलवार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे ।

‘यो प्रौढहरूको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो ‘। यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन’ भट्टराईले भने, ‘समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको सङ्कटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस