कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


५ असार २०८०, मंगलबार


काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन्।

यस हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १०५ अर्थात् १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको हो।

कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुला गरेको छ। उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस