रामबिना नेपाल र सीताबिना भारत अपूर्ण छ : मन्त्री किराँती « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रामबिना नेपाल र सीताबिना भारत अपूर्ण छ : मन्त्री किराँती


५ असार २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने बताएका छन् । मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम बिना नेपाल र सीता बिना भारत अधुरो हुने बताए ।

आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रूपमा रहेको उनले उल्लेख गर्दै भने, ‘कौटिल्यशास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो । पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं,’ उनले भने, ‘हामी राम बेगर अपूर्ण छौं । भारत सीता बेगर अपूर्ण छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस