पोखरामा विश्व सङ्गीत दिवस मनाइँदै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पोखरामा विश्व सङ्गीत दिवस मनाइँदै


५ असार २०८०, मंगलबार


लेखनाथ । पोखरामा यही असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने सो साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ । साङगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो ।

सोह्र विभिन्न प्रस्तुति रहने उक्त साङ्गीतिक कार्यक्रम दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्तरूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस