आज नेपालले अमेरिकासँग खेल्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज नेपालले अमेरिकासँग खेल्दै


५ असार २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

यस्तै अर्को खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचको खेल पनि दिउँसो पौने १ बजे हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस