सिँचाइ विभागका पूर्वमहानिर्देशकको साढे तीन करोड गैरकानूनी सम्पत्ति,भ्रष्टाचार मुद्धा दायर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सिँचाइ विभागका पूर्वमहानिर्देशकको साढे तीन करोड गैरकानूनी सम्पत्ति,भ्रष्टाचार मुद्धा दायर


४ असार २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्व महानिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्धा दायर गरिएको हो । 

स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रूपमा आर्जित भएको दाबी गर्दै अख्तियारले त्यसैलाई बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो।

राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गर्दा उक्त अवधिमा उनको वैधानिक आय  तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार छयासी रुपैयाँ देखिएको थियो। 

कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ।

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति पत्नी दीपा श्रेष्ठको नाममा जग्गा, घर निर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानीलगायतमा लगानी गरेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस