काँग्रेसद्वारा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण प्रशिक्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसद्वारा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण प्रशिक्षण


४ असार २०८०, सोमबार


काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधिहरूलाई बजेट निर्माणसम्बन्धी प्रशिक्षण दिएको छ ।

भर्चुअल माध्यमबाट सोमबार पार्टीले स्थानीय तहमा पार्टीबाट विजयी जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिएको हो । 

भर्चुअल कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय सानेपाबाट पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख विश्वकर्माले प्रशिक्षण दिएका छन् । देशभर रहेका स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । त्यसलाई मध्यनजर गरेर पार्टीले बजेटसम्बन्धी प्रशिक्षण दिएको हो ।

तीन सेसनमा कार्यक्रम गरिएको छ । कोसी र मधेस प्रदेशका लागि पहिलो, वाग्मती र गण्डकीका लागि दोस्रो तथा कर्णाली र सुदूरपश्चिमका लागि तेस्रो सेसनमा कार्यक्रम गरिएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस