प्रधानमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा अवतरण गर्न सकेन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा अवतरण गर्न सकेन 


४ असार २०८०, सोमबार


काठमाडौँ । कोसी प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो निरीक्षण गर्न उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको छ ।

मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री सवार हेलिकप्टर मौसम खराबीका कारण ताप्लेजुङ अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरिएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढी पहिरो पीडित निरीक्षण गर्न अब ताप्लेजुङ र पाँचथर पुनः जाने–नजानेबारे तय भएको छैन । 

यसअघि प्रधानमन्त्रीको टोलीले सङ्खुवासभाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस