पोखरा महानगरले पनि लगायो भारतीय चलचित्र प्रदर्शनमा रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोखरा महानगरले पनि लगायो भारतीय चलचित्र प्रदर्शनमा रोक


४ असार २०८०, सोमबार


काठमाडौँ । पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र ‘आदिपुरूष’मा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ ।

काठमाडौँ महानगरपालिकाले पनि आज (सोमबार)देखि काठमाडौँ महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस