डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय पक्राउ


३ असार २०८०, आइतबार


काठमाडौँ । मकवानपुर प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले हेटौँडा-१५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

शनिवार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई रातोमाटेस्थित प्रहरी चेकपोस्टबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी जाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरूले छोपी बिच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरेको प्रहरीको भनाई छ । ट्रकमा रहेको पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्यबराबरको रहेको बताइएको छ।

यस्तै, १६८ वटा बोरामा रहेको ८४ क्विन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँबराबर रहेको छ। १६८ बोरा प्याजको भने प्रतिकिलो ५० रुपैयाँका दरले भन्सार काटिएको छ ।

प्रहरीले उक्त अवैध कपडासहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षका सुधिरकुमार सहनीलाई नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस