एमालेसँग नजिकिएपछि वामदेवद्वारा समाजवादी मोर्चा अस्वीकार  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेसँग नजिकिएपछि वामदेवद्वारा समाजवादी मोर्चा अस्वीकार 


३ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् ।

सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका थिए । तर, गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुँदै छ ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेताहरूबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरूले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरूले चासो नदेखाएको बताए ।

पार्टीको तर्फबाट एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई अवधारणा पत्र दिइएको उनले बताए । जसमा एमालेले भने चासो देखाए उनको भनाइ छ ।

पार्टीले राखेको अवधारणा पत्रमा सहमति नभएपछि मोर्चामा नजाने पाण्डेले बताए ।

पार्टी कम्युनिस्ट पार्टीको एकताका पक्षमा रहेकाले एमालेबाहेकको मोर्चा अस्वीकार्य रहेको पाण्डे बताउँछन् ।

एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद निलम्बन गरेपछि गौतम अहिले पार्टीमा फर्कने र आफूसँग रहेका नेताहरूको व्यवस्थापनका विषयमा छलफलको तयारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस