फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै


२ असार २०८०, शनिबार


काठमाडौँ । माल्दिभ्स बास्केटबल संघको आयोजनामा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ ।

माल्दिभ्समा शनिवार नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुने खेलमा नेपालले बङ्गलादेशसँग खेल्न लागेको हो ।

तेस्रो खेल खेल्दै गरेको नेपालले एक खेल गुमाएको छ भने एउटा खेल जितेको छ । तर तेस्रो खेल खेल्दै गरेको बंगलादेशले यसअघिका दुई वटै खेल जितेको छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको हो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई पराजित गरेको छ ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ । जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्र सहभागी छन् ।
प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस