कर्मचारी छनोट, भर्ना प्रक्रिया र परीक्षण विधिहरूमा समय सापेक्ष सुधार गर्न जरुरी : उपराष्ट्रपति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्मचारी छनोट, भर्ना प्रक्रिया र परीक्षण विधिहरूमा समय सापेक्ष सुधार गर्न जरुरी : उपराष्ट्रपति


१ असार २०८०, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि आयोगले समयानुकूल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार लोक सेवा आयोगको ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोक सेवा आयोगले भूमिका खेल्नुपर्ने बताए । 

उनले लोक सेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए । 

‘कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको छ । आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक छ,’उनले भने । 

उनले कर्मचारी छनोट, भर्ना प्रक्रियाको परीक्षण विधिहरूमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस