यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ।  प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्।

यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस