प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।

निर्णय कार्यान्वयन गर्न पालिकाले बिहीबार सार्वजनिक सूचनासमेत जारी गरेको छ।

मर्स्याङ्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गाउँपालिकाले सबै गाउँ, टोल, बस्ती, बाटोघाटो सरसफाइ अभियान चलाउनुको साथै फोहोर सङ्कलन र वर्गीकरण कार्य गरेको छ ।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल, बस्तीहरू, सङ्घसंस्थाहरू वरपर, सार्वजनिक स्थलहरू र खोलाहरूको सरसफाइ गरिएको छ। पालिकासँगै स्थानीय पनि लागिपरेका छन् ।

गाउँपालिकाले फोहोर जथाभाबी नफाल्न गाउँगाउँमा डस्टबिनको व्यवस्था गरेको छ । फोहोर सङ्कलन गरी प्रशोधन गरेर बिक्री गरी आम्दानीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस