भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा कृष्ण पहाडी पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा कृष्ण पहाडी पक्राउ


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। समाजले नयाँ बानेश्वरस्थित संसद भवनको तीन नम्बर गेटअगाडि प्रदर्शन गरेको हो।

विरोध प्रदर्शन सुरु हुनुअगाडि नै प्रहरीले कृष्ण पहाडीसहित अन्यलाई नियन्त्रणमा लिएको छ।

शान्ति समाजले ‘सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस्’, ‘सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्दै विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले ‘चुरे ध्वस्त पार्न पाइँदैन, मधेसमारा नीति चाहिँदैन’, ‘सार्वभौम संसद पञ्चायतजस्तो नबनोस्’लगायतका पम्प्लेट बोकेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस