खुल्यो कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन बाटो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

खुल्यो कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन बाटो


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याउने बाटो खुला भएको हो।

प्रदेश प्रमुख खापुङले प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० आज जारी गरेका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस