विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । आगामी असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यस्तो घोषणा गरेको छ ।

परिषद्ले माग पूरा गर्न सरकार गम्भीर नबनेकाले विद्यालय बन्दको घोषणा गर्न बाध्य हुनुपरेको बताएको छ ।

बजेटमा विद्यालय माग सम्बोधन नगरेको भन्दै कर्मचारीहरू यतिखेर आन्दोलित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस