पर्यटन मन्त्रीको सहयोगमा अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्‍यो : सांसद आले « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्यटन मन्त्रीको सहयोगमा अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्‍यो : सांसद आले


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथ तिर छिरेको भन्दै व्यङ्ग कसेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद आलेले पशुपतिनाथमा भएको अनियमितताको छानबिन गर्ने समितिका संयोजक देवी बराललाई हटाएर पर्यटन मन्त्रीले पुरस्कृत गरेको आरोप लगाए ।

उनले भने ‘ गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलो पटक २०७९ माघ १४ गते तार काटियो, पशुपति क्षेत्र विकास कोषका सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्य तथ्य पत्ता लगायो । तर पर्यटन मन्त्रीले तार काट्ने मुरालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरूप सदस्यबाट हटाइयो ।

प्रतिवेदन लुकाइयो चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पायो र दोस्रो पटक २०७९ चैत्र १४ गते चोरी गर्‍यो । फेरि २०८० जेठ २९ गते तार काट्यो र घ्याम्पे दान पेटिका हरायो । मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस