मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य सचिव नियुक्तिको सम्भावना कायमै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य सचिव नियुक्तिको सम्भावना कायमै


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीबार) बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक मुख्य सचिव नियुक्तिको निर्णय गर्न बोलाइएको बुझिएको छ ।

बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्य सचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरिष्ठ सचिव डा.वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको कुरा हिजो प्रशासन डटकमले ब्रेक गरेको थियो ।

सम्बन्धित समाचार: मुख्यसचिवमा अर्यालको सम्भावना बढ्यो, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने 

मुख्य सचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ । डा. अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यस अघि अघि नै नियुक्त गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस