२२ जना अधिकृतहरूको गृहमा सरुवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

२२ जना अधिकृतहरूको गृहमा सरुवा


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौं । २२ जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त सूचना अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत कार्यरत अच्युत श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतका दिपेन्द्र रेग्मी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उदयराज भट्टराई, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाईका गणेश विक्रम बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बेनुकराज कार्की र सहरी विकास मन्त्रालयका युनिल राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी निर्वाचन आयोग वा अन्तर्गतका जयराम श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बाबुराम पन्थी, मधेसी आयोगका लोकेन्द्र बहादुर ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतका महेश विक्रम लगेजु र विज्ञान कोइराला, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सन्तोष लामिछाने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका प्रविन दाहाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेश वा अन्तर्गतका राजीव कुमार सिंह र राष्ट्रिय योजना आयोगका श्याम कृष्ण पौडेलको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।

प्रशासनलाई प्राप्त विवरण अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका विश्व विजय शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कमलराज उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका महेन्द्र सिंह रावल, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामहरि पोखरेल र निर्वाचन आयोग वा अन्तर्गतका जय प्रसाद गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस