हर्कविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

हर्कविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी


३१ जेष्ठ २०८०, बुधबार


विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्य मात्र रहेका साम्पाङले नियम विपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस