७० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

७० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस