मेयर बालेनको निर्देशनविरुद्ध यातायात व्यवसायीले विरोध गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मेयर बालेनको निर्देशनविरुद्ध यातायात व्यवसायीले विरोध गर्ने


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । यातायात व्यवसायीहरूले असार १ गतेदेखि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन्।

यातायात व्यवसायी र विभिन्न सङ्गठनले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका हुन् ।

यातायात व्यवसायीहरूले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्। यातायात व्यवसायी र विभिन्न सङ्गठनले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन्।

महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरूले चेतावनी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस