कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई


३१ जेष्ठ २०८०, बुधबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवा मंगलवार सिंगापुर प्रस्थान गरेका हुन् । उनी करिब एक सातापछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस