प्रधानमन्त्री प्रचण्ड आज दाङ जाँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री प्रचण्ड आज दाङ जाँदै


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाने भएका छन् ।

बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेका हुन् ।

विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरे राम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

१२ वर्षपछि हुन लागेको दीक्षान्त समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस