चार प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै रहने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चार प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै रहने


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका बाबजुद देशका अधिकांश भू-भागमा गर्मी कायमै रहने रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस