पाकिस्तानविरुद्ध नेपालको सानदार सुरुआत : वर्षाले खेल प्रभावित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पाकिस्तानविरुद्ध नेपालको सानदार सुरुआत : वर्षाले खेल प्रभावित


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध सानदार सुरुआत प्रदर्शन गरेको छ ।

हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले सानदार सुरुआत गरेको हो ।

पाकिस्तान ए लेलाई ब्याटिङका लागि निम्तो दिएको नेपालले नेपालले बलिङ रोजेपछि १५ ओभरको खेल सकिँदा ७ विकेट लिएर ६५ रन दिएको छ ।

तर अहिले वर्षाका कारण खेल केही समयका लागि रोकिएको छ । नेपालका लागि कविता जोशी र सिता राना मगरले समान २/२ विकेट लिएका छन् । त्यस्तै इन्दु बर्मा र कविता कुँवरले १/१ विकेट लिएका छन् । पाकिस्तानका लागि सवाल जुल्फिकरले सर्वाधिक २८ रन जोडिन् ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएसँगै नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा नेपाल समूह ए मा छ भने नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका छन् ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलङ्का ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल १९ जुन तथा फाइनल २१ जुनमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस